शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म

बुधबार, १७ वैशाख २०८२, २३ : ५२
बुधबार, १७ वैशाख २०८२

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने–राजावादीले कस्तो सहनै नसकेको होला
धानमन्त्री केपी शर्मा ओलीले अभिनेत्री सुरक्षा पन्तको बचाउ गरेका छन् । अन्तर्वार्ताको कारण राजावादीबाट आलोचित भइरहेकी पन्तको प्रतिरक्षामा ओली देखिएका हुन् ।

२. शिक्षक आन्दोलन
 सरकार र शिक्षकहरुबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन रोक्ने भएका छन् । सरकारसँग सहमति भएसँगै आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघले बताएको हो ।  

३. पहलगाम हमला
गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । त्यसपछि धेरै भिडियोहरू बाहिर आए । यी भाइरल भिडियोहरूमध्ये एक गुजरातकी शीतल कलाठियाको थियो । यस आक्रमणमा शीतलका ४४ वर्षीय पति शैलेशभाई कलाठियाको पनि मृत्यु भएको थियो ।

४. भौतिक मन्त्रालयको आगामी बजेट 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी बजेटमा नयाँ आयोजना नथप्ने भएको छ । बरु पुरानै आयोजनालाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता भीमार्जुन अधिकारीले आगामी बजेटमा निर्माण सम्पन्न हुन लागेका र राष्ट्रिय गौरवका आयोजनालाई बढी प्राथमिकतामा राखिएको बताए । 

५.  जितको सन्देश के ?
००७ सालको क्रान्ति अगाडिदेखि नै विराटनगरले काठमाडौँ (केन्द्रीय नेतृत्व) विरुद्ध धावा बोल्थ्यो । त्यसवेला कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्ध चालेका कदमको अहिले पनि चर्चा हुन्छ । 

६. अनधिकृत पत्रले रेशम पक्राउ
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका अधिकृतले लेखेको पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी थुनामा बस्न बाध्य भएका छन् । सर्वोच्च अदालतका सह रजिष्ट्रार तथा प्रवक्ता अच्युत कुईंकेलले सो पत्रलाई ‘अनधिकृत’ भनेका छन् ।

७. रोकियो एकता
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ । ती दुई पार्टीबिच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए । 

८. सामाजिक सञ्जाल
करोडौँ कर तिरेर सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई सरकारले सूचीकृत नभए बन्द गर्ने चेतावनी दिँदै आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल फेसबुक, लिङ्डिन, नेटफ्लिक्स, गुगललगायत सामाजिक सञ्जाललाई सूचीकृत नभए बन्द गर्ने चेतावनी दिइरहेको छ ।

९. पेट्रोलियम पदार्थको मूल्य
 पेट्रोलियम पदार्थको मूल्य घेटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।

१०. चिकित्सकहरूको आन्दोलन किन रोकिएन ? 
 देशभरका चिकित्सकहरू विगत २८ दिनदेखि आन्दोलनमा छन् । आवासीय चिकित्सकलाई सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ताको माग गर्दै आन्दोलन गर्दै आएका हुन् । गत शुक्रबारदेखि उनीहरु इमरजेन्सी बाहेकका अन्य सेवा पनि बन्द गरेर आन्दोलन गर्दै आएका छन् । 

११. धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ निगालीटोल बस्ने २२ वर्षीया प्रिति विकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् । धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय  डिलाराम रिजालले विकलाई निर्घात कुटपिट गरेका हुन् ।

१२. युक्रेनले अमेरिकासँग खनिज सम्झौता गर्ने
 युक्रेनका प्रधानमन्त्री डेनिस श्मिगलले संयुक्त राज्य अमेरिकासँग ‘आगामी २४ घण्टाभित्र’ बहुप्रतीक्षित खनिज सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरेको बताएका छन् । सम्भावित सम्झौतापछि वासिङ्टन र किएभले संयुक्त रूपमा युक्रेनको खनिज स्रोतहरूको उत्खनन गर्नेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट प्राप्त युद्धकालीन सहायताको लागि ‘योगदान’ का रूपमा यसलाई उल्लेख गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप