जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रम सुरु
धनुषा । जनकपुरधामस्थित जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रमहरू सुरु भएका छन् । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार जानकी मन्दिरद्वारा आयोजित कार्यक्रममा आजदेखि हरेक दिन दिउँसो ४ बजे श्रीरामकथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ । जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलवार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीसम्म जानकीको शाही स्नान गरिनेछ । त्यसपछि अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिनेछ । जानकी जन्मदेखि छठिहारसम्म हरेक साँझ ७ बजे मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइनेछ ।
मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते उपासनाका लागि मटकोर कार्यक्रम आयोजना हुनेछ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव भव्य रूपमा मनाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण