शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा  फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म

शुक्रबार, १९ वैशाख २०८२, ०० : २१
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१.किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण 
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा  मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको परिवार वीरगञ्जमा बस्दै आएको पुष्टि भएको छ । प्रिसा सर्लाहीको मलंगवा घर भइ हाल वीरगन्ज–१५ बस्दै आएका श्याम साहकी छोरी भएको पुष्टि भएको हो ।

२. विद्यालय कर्मचारी रुष्ट
सरकारसँग भएको ९ बुँदे सहमतिप्रति विद्यालय कर्मचारीहरू असन्तुष्ट बनेका छन् । सरकारले विगतमा गरेको सम्झौता र सोहीअनुसार अगाडि बढेको नेपाल शिक्षक महासंघले अन्तिममा धोका दिएको उनीहरूको बुझाइ छ । विद्यालय कर्मचारीहरूले आफूसँग सरकारले गरेको सहमतिअनुसार सम्झौता नभएको भन्दै आपत्ति जनाउनुका साथै आन्दोलन नरोक्ने जनाएका छन् । सरकारसँगको सहमतिलाई विद्यालय कर्मचारीहरूले धोकोको संज्ञा दिएका छन् ।

३.  प्रचण्डको आशंका
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साँझ बोलाएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन् । खासगरी तीन नेताको छलफलको एजेन्डा सङ्क्रमणकालीन न्यायमा सहमति जुटाउने थियो ।

४.  मजदुर दिवस
एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

६. विधान संशोधनको होमवर्क 
नेकपा एमालेले अगामी जेठ मसान्तभित्र पार्टीको विधान संशोधनका लागि सुझाव सङ्कलन गर्न पार्टी मातहतका निकायलाई सर्कुलर गरेको छ । आगामी भदौ २० देखि २२ सम्म पार्टीको दोस्रो विधान महाधिवेशनको मिति तोकेको एमालेले मातहतका कमिटी र कार्यकर्ताबाट मौजुदा विधानमा आवश्यक संशोधनका लागि समयमै सुझाव सङ्कलन गर्नुपर्ने भन्दै यस्तो निर्णय गरेको हो ।

७  पेस्तोल प्रकरण
सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा।बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ ।  डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले रातोपाटीलाई बताए ।

७. सर्टलिस्टप्रति आपत्ति
द्वन्द्व पीडितहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष तथा पदाधिकारी सिफारिस समितिले अपारदर्शी, देखावटी, राजनीतिक भागबन्डा र पहुँचका आधारमा पदाधिकारीको सर्ट लिस्ट संक्षिप्त सूची) तयार पारेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले तत्काल नयाँ र स्वायत्त सिफारिस समिति बनाउन माग समेत गरेका छन् ।

८. तोकिएको मितिमै परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका बारेमा बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

९.  गृहको मनपरी
गृह मन्त्रालयले सहसचिवलाई अतिरिक्त समूह (जगेडा) मा राखेर सहसचिवको दरबन्दी भएको ठाउँमा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर राखिरहेको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखाले रातोपाटीलाई उपलब्ध गराएको तथ्यांकअनुसार मन्त्रालयका त्यस्ता ९ सहसचिवलाई जिम्मेवारी नदिई थन्क्याइको छ ।

१०. बैंक, कारबाही संस्था
तेस्रो त्रैमासमा एक दर्जन बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा पाँच वाणिज्य बैंक र सात वटा वित्तीय संस्थालाई कारबाही गरिएको हो ।
११. नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संरक्षक रेशम चौधरीलाई थुनामा राख्न भन्दै अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी हिरासतमा छन् । सर्वोच्चले विष्टको उक्त पत्र अनधिकृत रहेको बताउँदै नयाँ पत्र पठाएपछि ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएर चौधरी रिहा भइसकेका छन् ।

११. रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई थुनामा राख्न भन्दै अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी हिरासतमा छन् । सर्वोच्चले विष्टको उक्त पत्र अनधिकृत रहेको बताउँदै नयाँ पत्र पठाएपछि ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएर चौधरी रिहा भइसकेका छन् ।

१२. उदयपुरमा जीप दुर्घटना 
उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप