गण्डकी प्रदेशलाई हराउँदै इरानको टोली सेमिफाइनलमा
काठमाडौँ । पोखरामा जारी प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले हराउँदै इरानको टोली सेमिफाइनलमा पुगेको हो ।
पहिलो सेट १४–२५ अंकले गुमाएको गण्डकी प्रदेशले दोस्रो सेटको नतिजालाई भने २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकी प्रदेशले हार ब्यहोर्नुपर्यो । इरानको टोलीले तेस्रो र चौथो सेटको नतिजालाई क्रमशः २५–१८ र २७–२५ ले आफ्नो पक्षमा पार्यो ।
यसअघि, इरानको टोलीले यसअघि सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ सेटले हराएको थियो । समूह ‘ए’ को अन्तिम खेल गण्डकी प्रदेश र एपीएफ क्लबबिच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । प्रतियोगिताको विजेताले चार लाख ४४ हजार चार सय ४४ र उपविजेताले दुई लाख ४४ हजार चार सय ४४ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
तेस्रो हुने टोलीले एक लाख ४४ हजार चार सय ४४ रुपैयाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार चार सय ४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान आठ हजार चार सय ४४ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण