गण्डकी प्रदेशलाई हराउँदै इरानको टोली सेमिफाइनलमा

काठमाडौँ । पोखरामा जारी प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले हराउँदै इरानको टोली सेमिफाइनलमा पुगेको हो ।
पहिलो सेट १४–२५ अंकले गुमाएको गण्डकी प्रदेशले दोस्रो सेटको नतिजालाई भने २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकी प्रदेशले हार ब्यहोर्नुपर्यो । इरानको टोलीले तेस्रो र चौथो सेटको नतिजालाई क्रमशः २५–१८ र २७–२५ ले आफ्नो पक्षमा पार्यो ।
यसअघि, इरानको टोलीले यसअघि सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ सेटले हराएको थियो । समूह ‘ए’ को अन्तिम खेल गण्डकी प्रदेश र एपीएफ क्लबबिच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । प्रतियोगिताको विजेताले चार लाख ४४ हजार चार सय ४४ र उपविजेताले दुई लाख ४४ हजार चार सय ४४ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
तेस्रो हुने टोलीले एक लाख ४४ हजार चार सय ४४ रुपैयाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार चार सय ४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान आठ हजार चार सय ४४ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नीति तथा कार्यक्रम ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट’
-
आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ: पूर्वप्रधानमन्त्री खनाल
-
सयौँ पुतली
-
पहलगाम हमला : भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगायो
-
‘कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुने डर छ’
-
‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’