सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतले नेपालको विकास निर्माणमा गरेको सहयोगको प्रशंसा गरेका छन् ।
भारतको दिल्लीमा भारतीय विदेश राज्यमन्त्री किर्तीवद्र्धन सिंहसँगको भेटवार्तामा उनले नेपालको विकास निर्माणमा भारतको धेरै ठुलो सहयोग रहेको भन्दै यसलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको बताए ।
उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि थप सहयोग गर्न भारतलाई आग्रह गर्दै भारतको तिकुनियादेखि कैलालीको खक्रौलासम्मको सडक चाँडै सम्पन्न गर्ने सम्बन्धमा पनि राज्यमन्त्री सिंहसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
उनले दार्चुलामा निर्माणाधीन पुलको काम छिटै सम्पन्न गर्न आग्रह गर्दै बैतडी, डडेलधुरामा पुल निर्माणको प्रक्रिया चाँडै सुरु गर्नु पनि उनले आग्रह गरे । मुख्यमन्त्री शाह वैशाख २२ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण