‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले
मड्रिड । सेल्टा भिगोमाथि संघर्षपूर्ण जित हासिल गर्दै साबिक विजेता रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी ४ अंकमा झारेको छ । आइतबार भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो ।
घरेलु मैदानमा खेलको ३३ औँ मिनेटमा रियलले अग्रता लिएको थियो । लुकास भाज्क्वेजको पासमा आर्डा गुलेरले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ६ मिनेटपछि जुड बेलिङह्यामले किलियान एम्बाप्पेका लागि गोलको अवसर सिर्जना गरे ।
दोस्रो हाफको सुरुवातमा एम्बाप्पेले दोस्रो गोल गर्दै टोलीलाई ३–० को सहज अग्रता दिलाए । तर, त्यसपछि सेल्टा भिगो खेलमा फर्कियो । ज्याभी रोड्रिग्वेजले ६९ औँ मिनेटमा एक गोल फर्काए भने विलियट स्वेडबर्गले ७६ औँ दोस्रो गोल गर्दै रियललाई थप दबाब दिए ।
तर, त्यसपछि भने कुनै पनि टोलीबाट थप गोल हुन सकेन । खेलको अन्त्यतिर एम्बाप्पे आफ्नो ह्याट्रिक पूरा गर्नबाट चुकेका थिए ।
उनी खेलमा प्लेयर अफ म्याच पनि चुनिए । उनले यो सिजन ला लिगामा २४ गोल गरेका छन् । उनी शीर्ष स्थानमा रहेका बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीसँग मात्र १ गोलले पछि छन् ।
३४ खेलबाट रियलको ७५ अंक छ । बार्सा ७९ अंकसहित ला लिगाको उपाधि नजिक छ । अब अर्को खेल एल क्लासिको हुनेछ, जहाँ यी दुई चिर प्रतिद्वन्द्वी आमनेसामने हुनेछन् ।
रियललाई हराउँदै बार्सा उपाधि चुम्ने प्रयासमा हुनेछ । तर, त्यसअघि टोलीले च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण