आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति
सोमबार, २२ वैशाख २०८२, १९ : ०९
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकका विषयमा यसअघि जारी विज्ञप्ति सच्याएको छ । आवासीय चिकित्सकको निर्वाह भत्ताका विषयमा जारी गरेको विज्ञप्ति सच्याएको हो ।
विज्ञप्ति सच्याउँदै आठौँ तहको सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ता दिन निर्देशन जारी गरिएको प्रस्ट पारेको छ। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले चिकित्सा शिक्षा आयोगको १६ ओै बैठकको निर्णय कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
यसअघि शिक्षा मन्त्रालयले आठौँ तहको मेडिकल अधिकृत सरह निर्वाह भत्ता दिन भन्ने शब्द हटाएर ४८ हजार ७३७ रुपैयाँ दिन भनेका थिए । चिकित्सकहरूले भने उक्त शब्द हटाएर विज्ञप्ति जारी गरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण