भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ
मङ्गलबार, २३ वैशाख २०८२, ०९ : ३४
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा र दुई थान मोटरसाइकलसहित एक तस्करलाई पक्राउ गरेको छ।
तस्करीको सामान र मोटरसाइकलसहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ वर्षीय राकेश पैसवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताएका छन्।
जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका ४ लालबकैया नदीको छेउबाट दुईलाख २३ हजारको अवैध कपडा, नम्बर नभएको दुई थान मोटरसाइकलसहित पासवान लाई नियन्त्रणमा लिएको थियो।
बरामद कपडा, मोटरसाइकलको कुल तीनलाख २३ हजार मूल्यांकनसहित पक्राउ पैसवानलाई आवश्यक कारबाहीको लागि सोमवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण