इन्स्पेक्टर खनालको नयाँ गीत 'मन सानो' सार्वजनिक
मङ्गलबार, २३ वैशाख २०८२, १३ : ५८
काठमाडौँ । पृथ्वी खनाल भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चा बटुल्न सफल गायक हुन् । फरक शैलीमा विभिन्न गीत मार्फत पहिचान बनाएका उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर समेत हुन् । उनै खनालले अर्को नयाँ गीत 'मन सानो' बोलको गीत सार्वजनिक गरेका छन् ।
यस पटक खनालको शब्द र संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको गीतमा भ्वाइस अफ नेपाल सिजन ६ का सेमिफाइनलिस्ट इन्द्रकला राईको आवाज सुन्न सकिन्छ । उनलाई साथ दिएका छन् दृष्टिबिहीन प्रतिभा विकास थारुले ।
म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन् भने रोश्नी कार्की र पृथ्वी खनालले त्यसमा अभिनय गरेका छन् । गीत खनालकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण