यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
काठमाडौँ । हाल छायाङ्कनरत फिल्म हो ‘माइतीघर’ । फिल्मको छायाङ्कन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ । फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्म छायाङ्कन सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ । तर, निर्माणपक्षले यस विषयमा केही बताउन चाहेन ।
मिलन तामाङको निर्देशनमा तयार भइरहेको फिल्म तामाङ संस्कृतिको सेरोफेरोमा रहेर निर्माण हुनेछ । फिल्मको प्रदर्शन मिति दसैँको फूलपाती तोकिएको छ ।
सुशन प्रजापतिको छायाङ्कन, रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहने फिल्म रोहित अधिकारी फिल्मस्काे व्यानरमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण