भारत भ्रमण उपलब्धिपूर्ण रह्यो : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताएका छन् ।
एकसाताको भारत भ्रमण गरेर स्वदेश फर्किएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि भारतीय पक्ष सकारात्मक भएको आफूले पाएको बताए ।
भारतको उत्तराखण्ड र उत्तरप्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ताका क्रममा आफूहरू बीच प्रदेशको ऊर्जा, सडक पूर्वाधार, कृषि विकास, तथा लगानी सम्मेलनका बारेमा छलफल भएको बताए ।
उनले भने,“सुदूरपश्चिम प्रदेशको सम्भावना र विकासका लागि भारतीय पक्ष सकारात्मक भएको पाएँ ।” उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटमा सीमा क्षेत्रमा लागुऔषधलगायतका अपराधिक क्रियाकलाप नियन्त्रण एवं रोकथामबारे कुरा भएको मुख्यमन्त्री शाहले जानकारी दिए ।
“योगी आदित्यनाथ र आफूबीच केवल विकासका मात्र कुरा भए”, उहाँले भन्नुभयो, “सङ्घीयतालाई बलियो बनाउन र सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा केन्द्रित रह्यौँ भ्रमणका क्रममा कुनै राजनीति विषयमा कुराकानी भएन ।”
मुख्यमन्त्री शाले भ्रमणका क्रममा पलियाकलाँ– गौरीफन्टा सडक र तिकुनिया–खक्रौला सडक स्तरोन्नति तथा दार्चुला, बैतडी र डडेलधुरास्थित महाकाली नदीमा पुल निर्माण, टनकपुर ब्यारेजको आवगामन सहज बनाउन, र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले भारतीय समकक्षीसँग कुरा राख्दा उहाँहरू सकारात्मक रहेको आफूले पाएको उनले जानकारी दिए ।
“नेपालबाट भारत जाने र भारतबाट नेपाल भित्रिने नागरिकको कैलाली र गड्डाचौकी भन्सार चेकप्वाइन्टमा अभिलेख राख्ने विषयमा उहाँहरू सहमत हुनुभयो”, उनले भने । एक प्रश्नको जवाफमा मुख्यमन्त्री शाहले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भएको भेटघाटपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण छिट्ट हुन लागेको सङ्केत आफूले पाएको बताए ।
“भ्रमणको निमन्त्रणाका लागि भारतीय सरकारलाई धन्यवाद दिन चाहन्छु र भ्रमणको लागि मार्गदर्शन गर्नुहुने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”
यही वैशाख १६ गते भारत भ्रमणमा निस्केको मुख्यमन्त्री शाह नेतृत्वको टोली आज लखनऊबाट स्थलमार्ग हुँदै धनगढी (कैलाली) आइपुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
-
गाजामा इजरायली आक्रमणमा मर्नेको संख्या २५० नाघ्यो
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त
-
आईपीएल : कुन टोलीका विदेशी खेलाडीहरु उपलब्ध छन् ? (सूचीसहित)
-
के छैन नेपालमा !