जमिनमुनि भासिएको गाडीको अध्ययन सुरु
हेटौँडा । हेटौँडामा गत शुक्रबार ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी जमिनमुनि भासिएर हराएको विषयमा अध्ययन गर्न आएको खानी तथा भूगर्भ विभागको टोलीले आज पुनः काम थालेको छ । यसअघि भूगर्भविदको टोलीले हिजो मंगलबार साँझ भासिएको गाडीको लोकेसन पत्ता लगाएका थिए । मंगलबार बिहानबाट काम थालेका उनीहरूले साँझ मात्रै सम्भावित लोकेसन पत्ता लगाएका हुन् ।
खानी तथा भूगर्भ विभाका भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डेसहित चार जनाको टोलीले अध्ययनका लागि प्रयोग गरेका विभिन्न तरिका मध्ये ड्रिलिङका क्रममा गाडी भासिएको स्थानमा ड्रिलिङ गर्दा दुई स्थानमा ड्रिलिङ रड ६ मिटर भन्दा तल नगएपछि उक्त स्थानमा गाडी भएको हुनसक्ने उनीहरूले अनुमान गरेका हुन् ।
टोलीका एक जना सदस्य भूगर्भविद् नारायण अधिकारीले म्याग्नेटो मिटरको सहयोगबाट गाडी रहेको सम्भावित स्थानको बारेमा पत्ता लगाएपछि गरिएको ड्रिलिङबाट उक्त स्थानमा भासिएको भनिएको गाडी हुनसक्ने अनुमान गरेको जानकारी दिए ।
उनले सम्भावित स्थानमा गरिएको तीनवटा ड्रिलिङमध्ये एउटामा ड्रिलिङ रड ८ मिटरको गहिराइसम्मा सजिलै गएको र त्यसपछि गरिएका दुई वटा ड्रिलिङका क्रममा ड्रिलिङ रड ६ मिटरमा रोकिएको बताए । यसैलाई आधार मान्दा उक्त दुई स्थानमा ड्रिल रड ६ मिटरभन्दा तल नगएका कारण त्यहाँ भासिएको गाडी हुनसक्ने आफूहरूले अनुमान गरेको उनको भनाई छ ।
‘हामीले सबैभन्दा पहिले त प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी उक्त गाडीको सम्भावित लोकेसन पत्ता लगाउने कोसिस गर्यौं । गाडी जमिनमुनि भासिएर हराएको ठाउँको वरपर प्रोटोन म्याग्नेटोमिटर प्रयोग गर्दा एक ठाउँमा चुम्बकीय वस्तु रहेको सङ्केत अन्य स्थानको तुलनामा निकै बढी देखियो,’ उनले भने, ‘त्यसैको आधारमा हामीले उक्त स्थानमा ड्रिल गर्दा तिन मध्ये दुई स्थानमा ड्रिल रड ६ मिटरमै रोकिएपछि, हामी गाडी भएको लोकेसनमा पुग्यौ भन्ने अनुमान गरेका हौं ।’
यद्यपि यसैलाई आधार मानेर गाडी सोही स्थानमा छ भन्न भने नसकिने उनले स्पष्ट पारे । भूगर्भ शास्त्री अधिकारीले बुधबार पनि अन्य सम्भावित स्थानमा ड्रिलिङ गरेर गाडीको अवस्था जाँच गरिने बताए । उनले गाडीसँगै यहाँको भौगोलिक अवस्थाको बारेमा पनि टोलीले अध्ययन गर्ने छ ।
अर्का भूगर्भविद् कृष्ण पाण्डेले प्रोटोन म्याग्नेटोमिटरको साहायताले गाडी भासिएको स्थानको केही पूर्वतर्फ ठुलै चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक) को अवस्था सङ्केत प्राप्त भएको र सोही सङ्केतको आधारमा आफूहरूले ड्रिलिङ गरेको र खोजीको अन्तिम चरणमा पुगेको जानकारी दिए । भूगर्भविद् पाण्डेका अनुसार टोलीले घटनास्थलसँगै आसपासको भू बनोट, भूमिगत जलस्रोत लगायतका बारेमा पनि अध्ययन गर्ने छ ।
गत शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानानजिकै गैरीगाउँ स्थित भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी (भ्यान) एक्कासि जमिन भासिएर बेपत्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण