प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भारत–पाकिस्तान तनावको विषय उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै पूर्व परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता पूर्व मन्त्री सञ्जय गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारत– पाकिस्तानले तनावले नेपाललाई पार्न सक्ने प्रभावबारे चनाखो रहन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्व परराष्ट्रमन्त्री साउदले दुई देशबिचको तनावको विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । साउदले छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताएका हुन् । ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो’, उनले भने ।
कांग्रेस सांसद गौतमले भारत–पाकिस्तान तनावले पार्ने प्रभावबारे समयमै गम्भीर बन्न सरकारलाई सुझाए । ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बिचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’ सांसद गौतमले भने ।
उनले सरकारलाई समयमै भारत–पाकिस्तान तनावले हाम्रो देशलाई पार्ने प्रभावमा छलफल अगाडि बढाउन आग्रह गरे । गौतमले राजनीतिक दलका शीर्ष नेताहरू पनि राष्ट्रिय विषयमा एकता हुन आवश्यक रहेको सुझाव दिए ।
सांसद शुक्लले नेपाल असंलग्न राष्ट्रको रूपमा रहँदै आएकोले आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता के हो खुलाउन आवश्यक रहेको बताए ।
स्वतन्त्र सांसद सिंहले पनि भारत– पाकिस्तान तनावको प्रभाव नेपाल–भारतको खुला सीमाका कारण पर्ने भन्दै त्यसबारे बेलैमा ध्यान पुर्याउन सरकारसँग माग गरे ।
भारत पाकिस्तान तनावबारे बोल्ने सांसदहरूले पहलगाममा भएको आतङ्कवादी आक्रमणको निन्दासमेत गरेका थिए । २२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव सृजना भइरहेको छ । पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले जवाफी हमला सुरु गरे पछि तनाव उत्पन्न भएको छ ।
हिजो रातिबाट भारतले गरेको आक्रमणमा परेर पाकिस्तानका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएको छ भने ३५ बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण