बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जसपा नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित

बुधबार, २४ वैशाख २०८२, १६ : ११
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।

 दाङको गढवास्थित ग्रयान्ड होटलमा मङ्गलबार आयोजित अधिवेशनबाट भरतलाल चौधरीको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित भएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।  

समितिको उपाध्यक्षमा उषा यादव, राधा चौधरी सचिवमा सिताराम यादव उपसचिवमा देवीप्रसाद चौधरी, साधना यादव र कोषाध्यक्षमा पुनिसरा रोका मगर निर्वाचित भएका छन् ।

त्यसैगरी जिल्ला समितिको सदस्यहरुमा केसराम यादव, बालदेव चौधरी, नजिर अहमद, इब्रहिम सिद्धिकी, रामकुमार यादवलगायत रहेको बताइएको छ ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रीता यादव, पार्टीका प्रदेश समिति अध्यक्ष रामअवतार यादवलगायतको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप