भाषा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकको अपनत्व हुन गरी भाषा तथा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले नागरिकको पहिचान र संस्कृतिलाई स्थापित गर्न प्रदेश सरकार प्रयासरत रहेको बताए । प्रदेश भाषा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भाषिक कारण हुने द्विविधालाई प्रदेश सरकारले केही हदसम्म निराकरण गरेको बताए ।
उनले भाषा तथा संस्कृतिमा आम नागरिकहरूको अपनत्व हुनुपर्ने बताए । मुख्यमन्त्री लामाले संविधानले प्रदत्त गरेको अधिकार अनुरूप नै प्रदेश सरकारले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरिएको दाबी गरे ।
सरकारी कामकाजको भाषा सम्बन्धी ऐनको नियमावली बनाउने प्रक्रिया समेत अगाडि बढिसकेको उनको भनाई छ । मुख्यमन्त्री लामाले संस्कृति, भाषा, पहिचान प्रदेश सरकारको सम्पत्ति भएकोले त्यसको संरक्षण र प्रवर्द्धनमा सरकार गम्भीर रहेको उनले बताए ।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले सङ्घीयता कार्यान्वयनमा भाषा सम्बन्धी ऐन महत्त्वपूर्ण रहेको बताए । उनले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याउने बागमती प्रदेश पहिलो भएको उनको भनाई छ । मन्त्री ठकुरीले प्रदेशमा बोलिने सम्पूर्ण भाषाको संरक्षण, प्रवर्द्धन तथा विकासका लागि मन्त्रालय निरन्तर लागिरहेको बताए ।
प्रदेश सभामा नेपाल भाषा र तामाङ भाषाका अनुवादक समेत नियुक्त गरिसकिएको उनको भनाई छ । मन्त्री ठकुरीले प्रदेश सरकारको गतिविधि, मौलिक लेख रचना समेटेर त्रैमासिक रूपमा तामाङ र नेपाल भाषामा बुलेटिन प्रकाशन, प्रसारण गर्दै आइरहेको उने बताए ।
कार्यक्रममा भाषा संरक्षणमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याएको दिन वैशाख २४ गते बुधबार प्रदेश सरकारले हेटौँडामा विशेष समारोहको आयोजना गरेर प्रदेश भाषा दिवस मनाएको हो ।
संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा तथा नेपाल तामाङ घेदुङ र नेवाः दबूको सहकार्यमा हेटौँडा ४ हुप्राचौरबाट प्रभात फेरी निकालिएको थियो । सांस्कृतिक झाँकी सहित निस्किएको प्रभात फेरीले हेटौँडा बजार परिक्रम गरी रोयल पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रमको रूप लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण