कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
बुधबार, २४ वैशाख २०८२, २० : ०९

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । महानगरमा कार्यरत कर्मचारी र व्यापारी कुटेको आरोप लागेका उनलाई पोखरा १६ ढिकिडाँडाबाट पक्राउ गरिएको हो ।
उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाउने तयारी भैरहेको कास्की प्रहरीका प्रमुख श्यामबाबु ओलियाले बताए । पराजुलीले मंगलबार सातौं तहका अधिकृत इश्वरीप्रसाद पोखरेल र व्यापारी लेखनाथ सुवेदीमाथि हातपात गरेका थिए ।
आफूमाथि कुटपिट भएको भन्दै सुवेदीले कास्की प्रहरीमा उजुरी दिएका छन् । कर्मचारीको सुरक्षा ज्ञारेण्टी नभएको गुनासो सहित बुधबार महानगरका कर्मचारीले काम ठप्प पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ स्टक एक्सचेञ्जसम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?
-
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
-
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर