कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
बुधबार, २४ वैशाख २०८२, २० : ०९
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । महानगरमा कार्यरत कर्मचारी र व्यापारी कुटेको आरोप लागेका उनलाई पोखरा १६ ढिकिडाँडाबाट पक्राउ गरिएको हो ।
उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाउने तयारी भैरहेको कास्की प्रहरीका प्रमुख श्यामबाबु ओलियाले बताए । पराजुलीले मंगलबार सातौं तहका अधिकृत इश्वरीप्रसाद पोखरेल र व्यापारी लेखनाथ सुवेदीमाथि हातपात गरेका थिए ।
आफूमाथि कुटपिट भएको भन्दै सुवेदीले कास्की प्रहरीमा उजुरी दिएका छन् । कर्मचारीको सुरक्षा ज्ञारेण्टी नभएको गुनासो सहित बुधबार महानगरका कर्मचारीले काम ठप्प पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण