तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने वर्ष २३ की नगिना तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
दुर्घटनामा तीन जना घाइते भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने वर्ष २७ को पदम थापा मगर, भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई हाल शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की र बसमा सवार दोलखा घर भएकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
आज बिहान ६ः३५ बजेको कोटेश्वरबाट बानेश्चर आइरहेको ५९ वर्षीय राम कुमार खड्काले चलाएको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र.०१-०२६ च २९२७ को मारुती भ्यान र सोही दिसाबाट आइरहेको बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बस चालक, भ्यान र मोटरसाइकल प्रहरी वृत्त बानेश्वरको नियन्त्रणमा राखिएको छ । बस भने काठमाडौँ उपत्यका ट्राफिक महाशाखा रामशाहपथको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
१२ बजे १२ समाचारः रातोपाटी १२ वसन्त पार, नेपालको शान्दार जित