जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक
बिहीबार, २५ वैशाख २०८२, १० : ००

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । प्रदेशअन्तर्गतका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।
जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (वैशाख २६ गते) हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने बताइएको छ ।
शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा सङ्खुवासभा जिल्ला समितिको अधिवेशन हुने भएको छ ।
विराटनगरस्थित मारवाडी सेवा सदनको सभा हलमा वैशाख २९ र ३० गते जसपा नेपालको मोरङ जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ ।
इनरुवास्थित सत्यनारायण मन्दिरमा वैशाख ३० र ३१ गते सुनसरी जिल्ला अधिवेशनको आयोजना गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
-
जस्मिन पेन्ट्सले उत्कृष्ट ५० डिलरलाई अष्ट्रेलिया भ्रमणमा पठायो
-
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु