जस्केलाबाट योजना जान्छन् भन्ने विषय समाप्त गरियो : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले तजविजिका आधारमा योजना बाँडने काम बन्द गरेको दाबी गरेका छन् ।
बिहीबार वीरेन्द्रगरमा आयोजित प्रदेश समन्वय परिषद बैठकलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
सरकारले तजविजीको आधारमा बजेट बाँडने काम क्रमशः रोक्न र त्यसले बजेट वितरण प्रणाली समेत व्यवस्थित बनाउने काम भएको छ,’ उनले भने, ’बजेट पारित गर्ने निकाय प्रदेश सभा हो, प्रदेशसभाले पास गरेको बजेट सरकारले कार्यान्वयन गर्छ । सरकारले तजविजीका आधारमा बजेट बाँडने काम गर्देन ।’
मुख्यमन्त्री कँडेलले बजेट र योजना बाँडफाँडमा धेरै नै नकारात्मक टिकाटिप्पणी उठन थालेपछि यस वर्षदेखी आयोजना छनौट गर्न कार्यविधि बनाएको र योजना छनौटमा पक्षधरता हुन्छ वा जस्केलाबाट योजना जान्छन् भन्ने विषयलाई समाप्त गरिएको बताए ।
स्थानीय तहबाट योजनाको बारेमा प्रदेश सरकारलाई सुझाव दिँदै आएपनि यसपटक प्रदेश सरकार र स्थानीय तह एकै ठाउमा बसेर पहिलो पटक आयोजनाबारे छलफल गर्ने कानुनी र संरचनागत अभ्यास सरु भएको पनि उनले बताए ।
उनले भने, ’योजना जाने सबै स्थानीय स्तरमै हो, लाभान्वित हुने त्यही नै हो, तपाईंहरुलाई सहभागी बनाउँदा त्यसको प्रभाव अझ बढ्छ भने किन एक्लै हिडनु ?’
आयोजना छनौट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, एकै महिना १ खर्ब ६५ अर्बको रेकर्ड
-
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
-
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : अध्यक्ष प्रचण्ड
-
दुर्गा प्रसाईँका कानुन व्यवसायीको बहस अन्तिम चरणमा, आजबाट तारा राजावादी तर्फबाट बहस हुँदै
-
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
-
एआई विरुद्ध २१औँ शताब्दीमा ‘लुडाइट’ आन्दोलनको खतरा