जस्केलाबाट योजना जान्छन् भन्ने विषय समाप्त गरियो : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले तजविजिका आधारमा योजना बाँडने काम बन्द गरेको दाबी गरेका छन् ।
बिहीबार वीरेन्द्रगरमा आयोजित प्रदेश समन्वय परिषद बैठकलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
सरकारले तजविजीको आधारमा बजेट बाँडने काम क्रमशः रोक्न र त्यसले बजेट वितरण प्रणाली समेत व्यवस्थित बनाउने काम भएको छ,’ उनले भने, ’बजेट पारित गर्ने निकाय प्रदेश सभा हो, प्रदेशसभाले पास गरेको बजेट सरकारले कार्यान्वयन गर्छ । सरकारले तजविजीका आधारमा बजेट बाँडने काम गर्देन ।’
मुख्यमन्त्री कँडेलले बजेट र योजना बाँडफाँडमा धेरै नै नकारात्मक टिकाटिप्पणी उठन थालेपछि यस वर्षदेखी आयोजना छनौट गर्न कार्यविधि बनाएको र योजना छनौटमा पक्षधरता हुन्छ वा जस्केलाबाट योजना जान्छन् भन्ने विषयलाई समाप्त गरिएको बताए ।
स्थानीय तहबाट योजनाको बारेमा प्रदेश सरकारलाई सुझाव दिँदै आएपनि यसपटक प्रदेश सरकार र स्थानीय तह एकै ठाउमा बसेर पहिलो पटक आयोजनाबारे छलफल गर्ने कानुनी र संरचनागत अभ्यास सरु भएको पनि उनले बताए ।
उनले भने, ’योजना जाने सबै स्थानीय स्तरमै हो, लाभान्वित हुने त्यही नै हो, तपाईंहरुलाई सहभागी बनाउँदा त्यसको प्रभाव अझ बढ्छ भने किन एक्लै हिडनु ?’
आयोजना छनौट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण