अपडेट : आईपीएल एक साताका लागि स्थगित
शुक्रबार, २६ वैशाख २०८२, १६ : २४

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित भएको छ । आईपीएलले भारत र पाकिस्तानबिचको द्वन्द्वका कारण यस्तो निर्णय लिएको हो ।
शुक्रबार आईपीएलको वेबसाइटमा एक हप्ताका लागि बाँकी खेलहरू स्थगित भएको जनाइएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पछिल्लो घटनाक्रमका आधारमा एक साताका लागि आईपीएल रोक्ने निर्णय गरेको उक्त सूचनामा उल्लेख छ ।
सूचनामा त्यतिन्जेलसम्मको अवस्था मूल्याङ्कन गरी बाँकी खेलको तालिका र आयोजना हुने स्थलबारे जानकारी गराइने बताइएको छ ।