सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने भएको छ । २२ गतेबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिए ।
नीति तथा कार्यक्तममाथिको छलफल २२, २३, २४, २५ र २६ गते भइसकेको छ । नीति तथा कार्यक्रम पेस हुँदाका दिन सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक सार्वजनिक बिदाका दिनबाहेक निरन्तर बस्ने र २८ गते पारित गर्ने कार्यतालिका सार्वजनिक गरेका थिए ।
उनको भनाइ अनुसार आइतबार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको सरकारका तर्फबाट जवाफ दिने कार्यक्रम पनि हुनेछ । केही सांसदहरूले छलफलमा भाग लिने र त्यसपछि सरकारका तर्फबाट जवाफ दिएर पास गर्ने कार्यक्रम आइतबार हुनेछ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण