सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने

शुक्रबार, २६ वैशाख २०८२, १७ : ०९
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने भएको छ । २२ गतेबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिए । 

नीति तथा कार्यक्तममाथिको छलफल २२, २३, २४, २५ र २६ गते भइसकेको छ । नीति तथा कार्यक्रम पेस हुँदाका दिन सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक सार्वजनिक बिदाका दिनबाहेक निरन्तर बस्ने र २८ गते पारित गर्ने कार्यतालिका सार्वजनिक गरेका थिए । 

उनको भनाइ अनुसार आइतबार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको सरकारका तर्फबाट जवाफ दिने कार्यक्रम पनि हुनेछ । केही सांसदहरूले छलफलमा भाग लिने र त्यसपछि सरकारका तर्फबाट जवाफ दिएर पास गर्ने कार्यक्रम आइतबार हुनेछ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप