युद्धविरामपछि कस्तो छ जम्मू र नियन्त्र रेखा नजिकको अवस्था ?
जम्मू । आइतबार बिहान भारतको जम्मूमा अवस्था सामान्य देखिएको छ । मानिसहरू घरबाट बाहिर निस्किएका छन्, केही पसलहरू पनि खुलेका छन् भने सडकहरूमा आवतजावत सुरु भएको छ।
शनिबार भारत र पाकिस्तानबिच युद्धविराम घोषणा भएपछि पनि जम्मूका स्थानीय बासिन्दाहरूले आफ्नो घर वरिपरि ड्रोनहरू देखेका थिए । जम्मूको सीमावर्ती क्षेत्रका धेरै स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रमा ड्रोन उडिरहेको देखेको रिपोर्ट गरेका छन्।
पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा नजिकै रहेका गाउँहरूबाट फोन गर्ने मानिसहरूले युद्धविराम भएको केही समयपछि पनि उनीहरूको घर वरिपरि हल्का गोलाबारी भएको आवाज सुनिएको बताए। राजौरीका केही बासिन्दाहरूले पनि नियन्त्रण रेखा नजिकै ड्रोन देखेको पुष्टि गरे। यद्यपि, यी गतिविधिहरू केही घण्टा पछि बन्द भए।
भारत सरकारले राति अबेर पत्रकार सम्मेलन आयोजना गर्दै पाकिस्तानबाट ड्रोन र हल्का गोलाबारीका केही घटना भएको बताएको थियो। यद्यपि, यसपछि स्थिति शान्त भयो।
आइतबार बिहान स्थानीय बासिन्दाहरूसँग फेरि कुरा गर्दा उनीहरूले सम्पूर्ण रात शान्तिपूर्वक बिताएको बताए। सीमा नजिकै भएको गोलाबारीपछि अहिलेसम्म कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको समाचार छैन। हाल जम्मू र वरपरका क्षेत्रहरूको अवस्था सामान्य छ र मानिसहरू आफ्नो दैनिक जीवनमा फर्किरहेका छन्। –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बन्दसत्र ढिलाइ भएपछि हलभित्र एसीमा आराम गर्दै प्रतिनिधि, तस्बिरहरू
-
बलिउड अभिनेता पंकज त्रिपाठीका दाइमाथि घातक हमला
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण