नीति तथा कार्यक्रममाथिको ३७ संशोधन बहुमतले अस्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार नीति तथा कार्यक्रममाथिको छलफल सकेर प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि आगामी आर्थिक वर्षको नीति कार्यक्रम बहुमतले पारित भएको हो ।
साथै बैठकले नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका ३७ सांसदहरूले पेस गरेको संशोधन बहुमतले अस्वीकृत गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलपछि निर्णयार्थ पेस गर्नुअघि सभामुख देवराज घिमिरेले संशोधनकर्ता सदस्यलाई फिर्ता लिन समय दिएका थिए । संशोधनकर्ताहरूले प्रस्ताव फिर्ता नलिने जानकारी गराएपछि संशोधन प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।
प्रस्तावको पक्षमा ‘हुन्छ’ र विपक्षमा ‘हुन्न’ भनेर निर्णयार्थ पेस गरिएको थियो । त्यसक्रममा प्रस्तावको विपक्षमा अर्थात् ‘हुन्न’ भन्ने आवाजमा बहुमत देखिएको थियो । नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्ने सांसदहरू सुदन किराँती, जनार्दन शर्मा, डा.अमरेशकुमार सिंह, शक्तिबहादुर बस्नेत, वर्षमान पुन, रोशन कार्की, अमनलाल मोदी, माधव सापकोटा, पूर्णबहादुर घर्ती, प्रेम सुवाल, रणेन्द्र बराली, हितराज पाण्डे, लेखनाथ दाहाल,दुर्गा राई, रुपासोशी चौधरी,सुशीला श्रीपाली ठकुरी, उर्मिला माझी,चित्रबहादुर केसी,रामकुमार राई,नारायणी शर्मा रहेका थिए ।
त्यसैगरी लक्ष्मी तिवारी, विमला सुवेदी, गणेश पराजुली, ज्ञानु बस्नेत सुवेदी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, मिना तामाङ, सुमना श्रेष्ठ, हितबहादुर तामाङ, सोविता गौतम,छिरिङ डम्डुल लामा (भोटे), मनिष झा, बिनिता कठायत, निशा डाँगी, सूर्यमान तामाङ (दोङ) ले पनि नीति तथा कार्यक्रममाथि राखेको संशोधन बहुमतले अस्वीकृत भएको थियो ।
त्यस्तै डा.चन्दा कार्की भण्डारी, शिशिर खनालको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण