प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट भएको छ । प्रधानमन्त्री ओली २५६९ औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा भाग लिन आइतबार काठमाडौँबाट दिउँसो प्रस्थान गरेका थिए ।
महासचिव बैद्य दिवङ्गत आमाको अन्तिम कार्य सकेर काठमाडौँ फर्किने क्रममा विमानस्थलमा आराम गरिरहेका थिए । विमानस्थलमा बैद्यलाई देखेपछि ओलीले स्वास्थ्य लाभको कामना गरेको भान्जा प्रशान्त ओलीले जानकारी दिए ।
‘महासचिवज्यू विमानस्थलमा आराम गरिरहनुभएको थियो । लुम्बिनीको कार्यक्रममा भाग लिन आउनुभएका प्रधानमन्त्रीले देखेपछि भेटेर आमाको निधनमा दुःख व्यक्त गर्नुभयो । स्वास्थ्य लाभको कामना गर्नुभयो । अन्य कुनै कुरा भएन’, रातोपाटीसँग ओलीले भने ।
दाङको घोराही उपनगरपालिका–१५ स्थित रतनपुरमा ठाइँला छोरासँग बस्नुभएकी बैद्यका आमा जानकीदेवी उपाध्यायको वैशाख २४ गते १०० वर्षको उमेरमा निधन भएको थियो । बिरामी आमालाई भेट्न वैशाख २३ गते घोराही गएका बैद्य भर्खर काठमाडौँ आइपुगेका छन् । उनी लामो समयदेखि दमका रोगी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राज्यको धर्म हुन्छ, त्यसैले नेपाल धर्मनिरपेक्ष हुन मिल्दैन’
-
राप्रपा सांसद शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृत्यु राज्यले गरेको हत्या हो
-
भारत र पाकिस्तानबिचको युद्धविराम आजै होला समाप्त ?
-
हितेन्द्रलाई विष्णु रिमालको सुझाव : सजग रहनुहोला, बिजुली गयो भन्ने ‘न्यारेटिभ’ बनाइँदै छ !
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?
-
संसद्मा उठ्यो पोलमा करेन्ट लागेर मृत्यु भएको विषय