राप्रपा सांसद शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृत्यु राज्यले गरेको हत्या हो
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद शाहीले करेन्ट लागेर मजदुरको मृत्यु हुनु कुनै दुर्घटना नभई हत्या गरिएको भन्दै आपत्ति जनाए । नेपाल विद्युत प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा– १२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको थियो । सांसद शाही ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन सरकारको ध्यानाकर्षण समेत गराए ।
सरकारले फरक विचार राखेकै आधारमा पक्राउ गरिरहेको भन्दै सरकारको विरोध समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण