भारत र पाकिस्तानबिचको युद्धविराम आजै होला समाप्त ?
आइतबार, ०४ जेठ २०८२, ११ : ४९
सारांश
- भारतीय सेनाले भारत र पाकिस्तानबीचको युद्धविरामबारे स्पष्टीकरण दिँदै डीजीएमओ स्तरको वार्ता नभएको जनाएको छ।
- सेनाले मे १२ मा भएको डीजीएमओ वार्तामा युद्धविरामको कुनै म्याद नतोकिएको बताएको छ।
- जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि बढेको तनावको कारण दुई देशबीच सैन्य द्वन्द्व भएको थियो, जुन मे १० मा युद्धविराम घोषणासँगै रोकिएको थियो।
नयाँ दिल्ली । भारत र पाकिस्तानबिच आइतबार युद्धविराम समाप्त भएको दाबी गरिएका मिडिया रिपोर्टहरूबारे भारतीय सेनाले प्रतिक्रिया जनाएको छ । भारतीय सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘आज कुनै पनि डीजीएमओ स्तरको वार्ता तय गरिएको छैन ।’
‘जहाँसम्म मे १२ मा डीजीएमओ वार्तामा निर्णय गरिएको युद्धविराम अवधिको सवाल छ, यसको कुनै म्याद समाप्त हुने मिति छैन’ विज्ञप्तिमा अझ अगाडि भनिएको छ ।
जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबिचको तनाव चुलिँदा तनाव सैन्य द्वन्द्वमा परिणत भएको छ । मे ७ मा दुई देशबिच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविरामको घोषणासँगै समाप्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण