दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
सिउल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले आफ्नो फौजदारी मुद्दाको अर्को सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित भएका छन् । गत डिसेम्बर ३ मा संसदमा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई ध्वस्त पार्ने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोगपछि निलम्बित युनलाई गत महिना औपचारिक रूपमा पदबाट हटाइएको थियो ।
उनी दक्षिण कोरियाको इतिहासमा पदमा रहेकै समय पक्राउ पर्ने पहिलो राष्ट्रप्रमुख बनेका थिए । यद्यपि पछि उनलाई प्रक्रियागत आधारमा रिहा गरिएको थियो। युनलाई सियोलको अदालतले सुनुवाइमा उपस्थित हुन आदेश दिएको थियो र भूमिगत पार्किङ स्थलबाट प्रवेश गर्ने उनको अधिकार खोसिएको थियो। यसको अर्थ उनले पहिलो पटक मिडिया स्क्रम (पत्रकारको प्रश्नको सामना गर्नुपर्ने) व्यवस्था भएको थियो ।
सुट र रातो टाईमा सजिएका युन अदालतमा उपस्थित हुँदा पत्रकारको कुनै पनि प्रश्नको जवाफ नदिई अगाडि बढेका थिए । यसअघिका सुनुवाइमा पूर्व राष्ट्रपतिले ९० मिनेटभन्दा बढी बालेका थिए र आफूले विद्रोह गरेको कुरा अस्वीकार गरेका थिए ।
सन् १९७९ मा भएको ‘कू’ मा दुई जना सैन्य नेतापछि विद्रोहको लागि दोषी ठहरिने युन दक्षिण कोरियाका तेस्रो राष्ट्रपति हुनेछन् । विद्रोहको अभियोगमा युनलाई आजीवन कारावास वा अधिकतम सजाय वा मृत्युदण्डको सजाय हुनसक्छ।
दक्षिण कोरियामा सन् १९९७ देखि मृत्युदण्डमा अनौपचारिक रोक लगाइएको छ त्यसैले उनलाई मृत्युदण्डको सजाय हुने सम्भावना कम छ ।
मे महिनाको सुरुमा अभियोजनकर्ताहरूले युनलाई सैनिक कानुन (मार्शल ल) को घोषणालाई लिएर शक्तिको दुरुपयोग गरेको अभियोगमा बिना नजरबन्द अभियोग लगाएको थियो । पूर्व प्रथम महिलाका लागि ठूलो उपहार लिएको आरोपमा उनकी पत्नी किम किओन ही र एक मध्यस्थको संलग्नता रहेको आरोपमा अनुसन्धानको क्रममा अनुसन्धानकर्ताहरूले सोलस्थित युनको निजी निवासमा छापा मारेको एक दिनपछि यो अभियोग लगाइएको हो।
आइतबार युनको पार्टी, सत्तारुढ पिपुल्स पावर पार्टी (पीपीपी) ले पूर्व श्रममन्त्री किम मुन–सोलाई आफ्नो राष्ट्रपतिको उम्मेदवारको रूपमा दर्ता गरेको थियो। युनले फेसबुकमा लेखेका छन्, ‘जुन ३ को चुनाव दक्षिण कोरियाको उदार लोकतान्त्रिक प्रणालीका लागि जीवन मरणको विषय हो ।’
‘नागरिकहरू, विशेष गरी हाम्रो युवा पुस्ता जसले स्वतन्त्रताको कदर गर्छन्, म तपाईंहरूलाई फेरि एक पटक हाम्रो साथमा उभिन आग्रह गर्दछु,’ ६४ वर्षीय युनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण