पनौतीमा बाढीमा बगेकी महिलाको खोजी कार्य जारी

काठमाडौँ । काभ्रेको पनौतीमा आएको बाढीमा बगेर बेपत्ता महिलाको अवस्था अझै अज्ञात छ । सोमबार अपराह्न आएको बाढीमा कुलो पार गर्ने क्रममा पनौती नगरपालिका–५ सुब्बागाउँ घर भएकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।
उनको खोजी कार्य जारी रहेको काभ्रेका एसपी कोमल शाहले रातोपाटीलाई बताए । बेपत्ता महिलाको खोजमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपद् व्यवस्थाको टिम र स्थानीय पनि खटिएका छन् । नदी बगेर जाने सिन्धुलीको एरियामा पनि समन्वय भइरहेको एसपी शाहले जानकारी दिए ।
अचानक परेको पानीसँगै आएको बाढीबाट काभ्रेको रोशी गाउँपालिका स्थित माम्तीमा बीपी राजमार्ग बगाएको छ । दुईतर्फ नै अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सड्क सुचारु गर्न सड्क विभागको ४ वटा एक्स्काभेटर परिचालन गरिएको छ । २०८१ असोजमा आएको बाढीले पक्की सडक बगाएपछि ह्युमपाइप राखेर रोशी खोलामा गाडी चलाउने प्रबन्ध गरिएको थियो । तर, सोमबारको बाढीले माम्तीमा राखिएको ह्युमपाइप बगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले
-
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
-
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?