शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भारतले गरेको आक्रमणमा ११ सेना, ४० सर्वसाधारणको मृत्यु भयो : पाकिस्तान

मङ्गलबार, ३० वैशाख २०८२, १२ : ०६
मङ्गलबार, ३० वैशाख २०८२

इस्लामवाद । भारतीय आक्रमणमा आफ्ना ११ सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । मारिएका सैनिकहरूमा ६ जना सेनाका र ५ जना वायुसेनाका भएको बताइएको छ ।

पाकिस्तानी मिडिया डनको रिपोर्ट अनुसार ७८ सैनिक पनि घाइते भएका छन् । भारतीय आक्रमणमा परेर ४० जना सर्वसाधारणको पनि मृत्यु भएको र १२१ जना घाइते भएको पनि बताइएको छ । 

प्रधानमन्त्री शाहबाज शरीफले भारतसँगको द्वन्द्वमा मारिएका पाकिस्तानी सैनिकका परिवारका लागि मरकज–ए–हक नामक राहत प्याकेजको घोषणा गरेका छन् । यसमा ज्यान गुमाउनेहरूका परिवारलाई १ करोड रुपैयाँ दिइनेछ । यसबाहेक, घाइतेहरूलाई १० देखि २० लाख रुपैयाँसम्मको क्षतिपूर्ति पनि दिइनेछ । 

यसैबिच, प्रधानमन्त्री शाहबाज शरीफले मंगलबार दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाएका छन् । यसमा भारत विरुद्ध सुरु गरिएको अपरेशन बन्यान–अन–मर्सूसमाथि छलफल गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप