मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलबाट १० किलो गाँजा बरामद

मङ्गलबार, ३० वैशाख २०८२, १८ : ३५
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिणाममा गाँजा बरामद गरिएको छ । 

विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागुऔषध १० किलो १ सय ७० ग्राम गाँजासहित भारतीय नागरिक २५ वर्षीय अभिउदय पाहुनेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ । 

उता कैलालीको धनगढी उपमहानगरपालिका-१ पशुपति टोलबाट अवैध लागुऔषध खैरो हेरोइन करिब १२ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१ बस्ने भारत उत्तर प्रदेश घर भएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन् । 

वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप