त्रिभुवन विमानस्थलबाट १० किलो गाँजा बरामद
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिणाममा गाँजा बरामद गरिएको छ ।
विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागुऔषध १० किलो १ सय ७० ग्राम गाँजासहित भारतीय नागरिक २५ वर्षीय अभिउदय पाहुनेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ ।
उता कैलालीको धनगढी उपमहानगरपालिका-१ पशुपति टोलबाट अवैध लागुऔषध खैरो हेरोइन करिब १२ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१ बस्ने भारत उत्तर प्रदेश घर भएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन् ।
वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण