एक साता भित्रै मन्त्री छान्ने काम पूरा हुन्छ : घनश्याम चौधरी

कैलाली । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले मन्त्री छान्न एक साता समय लाग्ने बताएका छन् । मन्त्रीका लागि आंकाक्षी सबै सासंद भएपनि टुङ्गो लगाउने काम एक साताभित्र सम्पन्न हुने नेता चौधरीको दाबी छ ।
नागरिक उन्मुक्ति पार्टीको भागमा परेको सुदूरपश्चिम सरकारमा उद्योग, वन तथा वातावरण मन्त्रालय अहिले मन्त्री बिहीन बनेको छ ।
लेनदेनका विषयमा अडियो काण्ड बाहिरिएपछि यसअघि मन्त्रालय सम्हालेका नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मन्त्रीबाट राजीनामा दिएका थिए ।
आफूमाथि लेनदेन र अनियमितताको आरोप लागेपछि नैतिकताका आधारमा भन्दै चौधरीले गत वर्षको चैत १६ गते राजीनामा बुझाए ।त्यसयता झन्डै डेढ महिना उक्त मन्त्रालय मन्त्री विहीन छ। सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्तिका सात जना सासंद छन् ।
अहिले वर्तमान अवस्थामा कांग्रेस र एमालेको संयुक्त सरकारमा नागरिक उन्मुक्ति पनि सहभागी छ ।उन्मुक्तिले एक मन्त्रालय पाएको छ । जसका लागि सबै सासंद मन्त्रीको आंकाक्षी रहेको नेता चौधरीको भनाइ छ ।
‘मन्त्रीका लागि सबै सासंद आकाङ्क्षी छन्, हामीले मन्त्रीको टुङ्गो लगाउने जिम्मेवारी केन्द्रलाई दिएका छौँ, त्यहाँबाट टुङ्गो नलागे बल्ल हामी यताबाट प्रयास गर्नेछौँ, मेरो बिचारमा त सहमतिमा मन्त्रीको टुङ्गो लगाउनुपर्छ भन्ने लागेको छ, सके त भोली नै नत्र एक साता भित्र मन्त्री छान्ने काम पूरा हुन्छ’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले
-
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
-
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?