कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने
धनगढी । नागरिक उन्मुक्ति पार्टीले सांसद कैलाश चौधरीलाई सुदूरपश्चिम सरकारमा पठाउने निर्णय गरेको छ। पार्टीले प्रदेश सांसद चौधरीलाई सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको लागि सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीका लागि उनको नाम सिफारिस गरेकी हुन्। उन्मुक्ति पार्टीको भागमा रहेको मन्त्रालय एक महिना बढी समयदेखि मन्त्रीविहीन थियो। मन्त्री पठाउने विषयमा नागरिक उन्मुक्तिभित्र लामो समयदेखि विवाद थियो।
धनगढीमा संरक्षक रेशमलाल चौधरीसहित अध्यक्ष श्रेष्ठ र सांसदहरूबिच यस विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन। मंगलवार प्रदेश संसदीय दलको बैठक बसेको थियो। बैठकपछि प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्ष श्रेष्ठलाई मन्त्रीको नाम सिफारिसका लागि पत्राचार गरेका थिए। त्यसको भोलिपल्ट मन्त्री बन्ने सांसदको नाम टुङ्गो लागेको हो।
यसअघि पनि कैलाश चौधरीले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए। नागरिक उन्मुक्तिबाटै यसअघि मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले लेनदेनसँग जोडिएको विषय सार्वजनिक भएपछि राजीनामा दिएका थिए। सो स्थानमा उन्मुक्तिकै मन्त्री रहने गरी मुख्यमन्त्री कमलबहादुर शाहले नाम मागेका थिए।
सिफारिस भएका सांसद चौधरीले प्रदेश संसदीय दलको नेतालाई समेत जानकारी गराई मन्त्रीका लागि आफ्नो नाम अध्यक्षबाट सिफारिस भई मुख्यमन्त्री कार्यालयमा गएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण