सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)

बुधबार, ३१ वैशाख २०८२, ०९ : १०
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका ६ वटा दमकल प्रयोग भएका छन् । 

आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी प्रवक्ता अपिल राज बोहराले रातोपाटीलाई जानकारी दिए ।

सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले  पक्की घरमा सल्किएको छ । 

उक्त  स्थानमा प्रहरी नायव उपरीक्षक कृष्ण  कुमार चन्दको  कमान्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणमा खटिएको छ । 

जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र  बालाजु औद्योगिक क्षेत्रको गरी  ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ । 

makhan tol aagolagi (1)makhan tol aagolagi (2)makhan tol aagolagi (3)makhan tol aagolagi (4)makhan tol aagolagi (5)makhan tol aagolagi (6)makhan tol aagolagi (7)makhan tol aagolagi (8)makhan tol aagolagi (9)makhan tol aagolagi (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप