युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम
नयाँ दिल्ली । पाकिस्तानले मंगलबार अबेर राति भारत विरुद्ध जवाफी कारबाही गर्दै इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ‘पर्साेना नन ग्राटा’ अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरेको छ । यसअघि मंगलबार भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई ‘पर्साेना नन ग्राटा’ व्यक्ति घोषणा गरेको थियो ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, अधिकारीलाई २४ घण्टा भित्र भारत छोड्न भनिएको थियो । यसको जवाफमा, पाकिस्तानी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई पर्साेना नन ग्राटा व्यक्ति घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न निर्देशन दिइएको छ ।’
जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबिचको तनाव चरम सीमामा छ । दुवै देशले एक अर्कामाथि आक्रमण समेत गरेका थिए । दुवैले एकअर्काको लागि आ–आफ्नो हवाई क्षेत्र बन्द गर्नेदेखि अनेकौं कदम चाले । मे ७ मा दुई देशबीच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविरामको घोषणासँगै समाप्त भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण