युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम

नयाँ दिल्ली । पाकिस्तानले मंगलबार अबेर राति भारत विरुद्ध जवाफी कारबाही गर्दै इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ‘पर्साेना नन ग्राटा’ अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरेको छ । यसअघि मंगलबार भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई ‘पर्साेना नन ग्राटा’ व्यक्ति घोषणा गरेको थियो ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, अधिकारीलाई २४ घण्टा भित्र भारत छोड्न भनिएको थियो । यसको जवाफमा, पाकिस्तानी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई पर्साेना नन ग्राटा व्यक्ति घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न निर्देशन दिइएको छ ।’
जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबिचको तनाव चरम सीमामा छ । दुवै देशले एक अर्कामाथि आक्रमण समेत गरेका थिए । दुवैले एकअर्काको लागि आ–आफ्नो हवाई क्षेत्र बन्द गर्नेदेखि अनेकौं कदम चाले । मे ७ मा दुई देशबीच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविरामको घोषणासँगै समाप्त भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मगर विद्यार्थी सङ्घको नयाँ केन्द्रीय समिति चयन
-
एससीटी र सालपा विकास बैंकबिच कार्ड जारी गर्ने सम्झौता
-
विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता गर्दै
-
दाङमा चलचित्र निर्माण कार्यशाला सम्पन्न
-
समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता
-
मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध कायम