'गभर्नर नियुक्ति गिजोलिँदा मुलुक नै बदनाम बन्यो'
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषय गिजोलिँदा राष्ट्रको बदनाम भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनीहरूले दुई तिहाइको सरकारले सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा गभर्नर नियुक्ति हुन नसकेको र यस विषयले राष्ट्रको बदनाम भएको बताए ।
माओवादी सांसद शर्माले दुई तिहाइ मत भएको सरकारले गभर्नर नियुक्ति गर्न नसक्नुको कारण के हो भन्ने प्रश्न गरिन् । उनले सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा गभर्नर नियुक्त नभएर मुलुकको बेइज्जत भएको बताइन् ।
उनले भनिन्, ‘सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा राष्ट्र बैङ्क नेतृत्वविहीन भएको लामो समयसम्म पनि गभर्नर नियुक्त हुन सकेको छैन । यसले मुलुकको बेइज्जत भयो ।’
राप्रपा सांसद कार्कीले गभर्नर पद लिलामीमा गएको बताइन् । उनले कार्यवाहक गभर्नर निलम ढुङ्गाना लाई दिएर ५२ प्रतिशत महिलाको सम्मान गर्न माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण