बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

‘ओलम्पिकमा नेपाल’ को विमोचन

बुधबार, ३१ वैशाख २०८२, १६ : ३७
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक बुधबार विमोचन गरिएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङ तथा बैकुण्ठ मानन्धर, जितबहादुर केसी, दिपक विष्ट, विष्णुबहादुर सिंहलगायत १५ जना ओलम्पियनले संयुक्त रुपमा पुस्तकको विमोचन गरे । 

राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि  सन् २०२४ सम्मको इतिहास समेटेर पुस्तक प्रकाशन गरेको हो । पारालम्पिक, ग्रिष्मकालीन ओलम्पिक, शितकालीन ओलम्पिक र युथ ओलम्पिकमा नेपालबाट सहभागी भएका खेलाडीको संक्षिप्त  जानकारी तथा उपलव्धी समेटेर पुस्तक प्रकाशन गरिएको जानकारी राखेपका प्रचार शाखा प्रमुख खुशराज दाहालले दिए ।

पेरिस ओलम्पिकलाई केन्द्र बनाएर प्रकाशित भएको पुस्तकमा हालसम्म सहभागी भएका सबै खेलाडीहरुको विवरण पनि समेटिएको छ । यो पुस्तकले नेपाली खेलकुदको इतिहासलाई जिवन्त राख्न सहयोग पुर्याउने जानकारी सदस्यसचिव घिसिङले दिए । 

चार पटकसम्म ओलम्पिकमा सहभागिता जनाएका बैकुण्ठ मानन्धरले पुस्तकले खेलाडीलाई सबै नागरिकसम्म पुर्याउने बताए । कार्यक्रममा ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टले पुस्तक परिषद्को महत्वपूर्ण सम्पती भएको उल्लेख गरे । 

राष्ट्रिय खेलकुद परिषदले ओलम्पिकमा नेपाल, एशियाडमा नेपाल र राष्ट्रिय खेलकुदको इतिहास तथा वार्षिक दर्पणसहित पछिल्लो तीन वर्षमा पाँचवटा पुस्तक प्रकाशन गरिसकेको जानकारी प्रचार शाखा प्रमुख दाहलले दिए । 

सोही कार्यक्रममा मिशन–२०२६ अन्तर्गत बिशेष प्रशिक्षणमा रहेका खेलाडीहरुलाई उत्प्रेरणा कार्यक्रम गर्नुका साथै खेल समाग्रीसमेत वितरण गरिएको जानकारी राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप