स्थानीय सेवा ऐन छिट्टै जारी गर्न धनगढी उपमहानगरको प्रदेश सरकारलाई आग्रह
बुधबार, ३१ वैशाख २०८२, १८ : ४९

कैलाली । धनगढी उपमहानगरपालिकाले स्थानीय सेवा ऐन तत्काल जारी गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ ।
नगर प्रमुख गोपाल हमालले मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षण पत्र पठाउँदै ऐन छिट्टै पारित गरी कार्यान्वयनमा ल्याउन अनुरोध गरेका हुन् ।
हाल विचाराधीन अवस्थामा रहेको उक्त ऐनको ढिलाइले स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले ऐन पारितको माग गर्दै दबाबमूलक आन्दोलन गर्दै आएका छन्, जसको असर नगरपालिकाको दैनिक प्रशासनिक कार्य तथा सेवा प्रवाहमा परेको छ ।
नगर प्रमुख हमालले कानुनी प्रक्रिया शीघ्र पूरा गरी स्थानीय सेवा ऐन यथाशक्य चाँडो जारी गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् । प्रशासनिक कामकाज सुचारु गर्न सहज होस् भन्ने उदेश्यले मेयर हमालले यस्तो आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता धनगढीमा सुरु
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी र्याफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य