स्थानीय सेवा ऐन छिट्टै जारी गर्न धनगढी उपमहानगरको प्रदेश सरकारलाई आग्रह
बुधबार, ३१ वैशाख २०८२, १८ : ४९
कैलाली । धनगढी उपमहानगरपालिकाले स्थानीय सेवा ऐन तत्काल जारी गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ ।
नगर प्रमुख गोपाल हमालले मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षण पत्र पठाउँदै ऐन छिट्टै पारित गरी कार्यान्वयनमा ल्याउन अनुरोध गरेका हुन् ।
हाल विचाराधीन अवस्थामा रहेको उक्त ऐनको ढिलाइले स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले ऐन पारितको माग गर्दै दबाबमूलक आन्दोलन गर्दै आएका छन्, जसको असर नगरपालिकाको दैनिक प्रशासनिक कार्य तथा सेवा प्रवाहमा परेको छ ।
नगर प्रमुख हमालले कानुनी प्रक्रिया शीघ्र पूरा गरी स्थानीय सेवा ऐन यथाशक्य चाँडो जारी गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् । प्रशासनिक कामकाज सुचारु गर्न सहज होस् भन्ने उदेश्यले मेयर हमालले यस्तो आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण