५५ वर्षको उमेरमा नागरिकता प्राप्त

बाजुरा । जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् ।
सोही गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बुधबार नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
नागरिकता बनाउनसनाखत गर्ने कोही नहुँदा उहाँले नागरिकता प्राप्त गर्न सकेी थिइनन् ।
माइती घर डोटीको सिलगढी भए पनि विवाह गरेर बाजुरा आउनुभएकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट बञ्चित भएकी थिइन् ।
आज प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि उनले खुसी व्यक्त गरिन् ।
नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।
नागरिकता नहुँदा उहाँ राज्यबाट पाउने सामाजिक सुरक्षासहित अन्य सुविधाबाट बञ्चित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता धनगढीमा सुरु
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी र्याफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य