विद्यार्थीहरूलाई गाडीमा अनिवार्य छुट दिन स्ववियु अमृत क्याम्पसको माग

समाचार सारांश
- अस्कल स्ववियुले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन माग गरेको छ।
- अध्यक्ष रुद्रहरि पोखरेलले विज्ञप्ति जारी गर्दै सरकारसँग कार्यान्वयनको माग गरेका हुन्।
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) स्ववियुले सार्वजनिक यातायातमा चढ्दा विद्यार्थीहरूलाई ४५ प्रतिशत अनिवार्य छुट दिन माग गरेको छ । अध्यक्ष रुद्रहरि पोखरेलले एक विज्ञप्ति जारी गर्दै सरकार र विद्यार्थी सङ्गठनहरूबिच भएको ४५ प्रतिशत भाडा छुटको व्यवस्था अनिवार्य लागू गर्न माग गरेका हुन् ।
सरकार र विद्यार्थी सङ्गठनहरूका बिचमा सार्वजनिक भाडाका सवारी साधनमा विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा ४५ प्रतिशत भाडा छुट दिने व्यवस्था छ । तर पनि अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको र पटक पटक विद्यार्थीहरूबाट गुनासो आइरहेको अध्यक्ष पोखरेलले बताए ।
विद्यार्थीहरूले लडेर ल्याएको व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि यस्तो जनपक्षीय र विद्यार्थीको सहुलियत पूर्ण निर्णय कार्यान्वयन नभइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उनले जनाए । आफ्नो रुटमा पर्ने भाडामा छुट नदिने यातायातहरुको विवरण स्ववियुलाई उपलब्ध गराउन समेत उनले सबैमा अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण
-
बेलायतमा शरण खोज्ने आप्रवासीको सङ्ख्यामा वृद्धि
-
इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
विद्युत् प्रसारण अवरुद्ध भएपछि शाक्यले गरे वितरण प्रणालीको निरीक्षण (तस्बिरहरू)