हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने

मकवानपुर । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौँडामा पहिलोपटक ‘प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट’ आयोजना गर्न लागेको छ ।
आइतबार हेटौँडा–४ स्थित हुप्राचौरमा हुने उक्त अवार्ड समारोहको बारेमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
कार्यक्रमबारे जानकारी दिँदै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारहरूको योगदानको सम्मान गर्न प्रदेशले यो पहल थालेको बताए ।
उनले प्रदेशबाट प्रतिभावान् खेलाडीको विदेश पलायन रोक्न तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन दिन अवार्ड कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गरे ।अवार्ड समारोहमा वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, युवा खेलाडी, लोकप्रिय खेलाडी, उत्कृष्ट खेल पत्रकार, ‘बागमती खेलकुदको शान’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ गरी आठ विधामा १२ जना व्यक्तित्वलाई सम्मान गरिनेछ ।
मन्त्रालयका निमित्त सचिव सूर्यबहादुर दाहालका अनुसार उत्कृष्ट महिला/पुरुष खेलाडी, प्रशिक्षक, ‘बागमती खेलकुदको शान’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ विधाका विजेतालाई जनही १ लाख रुपैयाँसहित सम्मान गरिनेछ भने अन्य विधामा जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
खेल क्षेत्रको योगदान, सफलता, सामाजिक प्रभाव तथा नयाँ पुस्तालाई प्रेरणा दिन सक्ने आधारमा अवार्डको छनोट गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद सङ्घका अध्यक्ष पत्रकार दीपक श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय प्राविधिक उप–समितिले पुरस्कार एवं सम्मानित हुने खेलाडी तथा पत्रकारको नाम सिफारिस गर्नेछ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा उपस्थित हुने खेलकुद मन्त्री महर्जनले जानकारी दिए । युथ समिट भने केही सातापछि आयोजना गरिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ
-
ऋण सहजीकरणका लागि घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरूद्ध तीनवटा भ्रष्टाचार मुद्दा
-
क्लासिक टेकको डिलर पार्टनर बन्ने सुनौलो अवसर – बिना लगानी, फोनमै आम्दानी !
-
लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिक साधारण सभा सम्पन्न, ८.४२१ प्रतिशत लाभांश पारित
-
सुकुमबासी बस्तीमा खानेपानीको माग गर्दै आजपाले बुझायो खानेपानी कार्यालयमा ज्ञापनपत्र