चितवनमा ४२ वर्षीय पुरुषले छोरा र छोरीलाई धारिलो हतियार प्रहार गरे
त्यसपछि आत्महत्या प्रयास
शुक्रबार, ०२ जेठ २०८२, ११ : २०
सारांश
- आफ्ना छोराछोरीलाई हतियार प्रहार गरेपछि उनले आत्महत्याको प्रयास समेत गरेका थिए।
काठमाडौं । चितवनको भरतपुरमा बुवाले दुई जना बालबालिकालाई धारिलो हतियार प्रहार गरेका छन् । भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लिला गिरीले धारिलो हतियार प्रहार गरेका हुन् ।
धारिलो हतियार प्रहारबाट घाइते भएका सजन गिरीको अवस्था गम्भीर छ । छोरी प्रभा गिरीको पनि अवस्था गम्भीर रहेको चितवनका एसपी गोविन्द पुरीले रातोपाटीलाई बताए । घाइते बालक सजन गिरी उनको दाजुको छोरा हुन् । प्रभा चाहिँ लिलाकी आफ्नी छोरी हुन् ।
गिरीले ५ वर्ष र १३ वर्षका छोराछोरीलाई धारिलो हतियार प्रहार गरेपछि आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेको जिल्ला प्रहरी कार्यालय चितवनका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण