सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

‘राम प्यारी’मा यम र दीपाको रोमान्स

शुक्रबार, ०२ जेठ २०८२, १२ : ५३
शुक्रबार, ०२ जेठ २०८२

काठमाडौँ । गायक यम बरालको स्वर रहेको नयाँ गीत ‘राम प्यारी’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत, विश्व अधिकारीको एरेन्ज गीतमा छ ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा गायक बराल र कलाकार दीपाश्री निरौलाको अभिनय छ । यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलको प्रस्तुति रहेको यो म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका हुन् ।

प्रेम र मनोरञ्जन भिडियोमा देखाउन खोजिएको छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । गीताञ्जली शर्मा निर्मात्री रहेको यो भिडियोको छायाङ्कन र निर्देशन प्रेम लामाले गरेका हुन् भने दिपेश एसकेको नृत्य निर्देशन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप