रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु
शुक्रबार, ०२ जेठ २०८२, १४ : १९
घोडाघोडी । हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ । राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
उनका अनुसार आज बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको ढलेको रूखले चोट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागि गम्भीर हुनुभएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पुर्याइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । भण्डारीको उपचारका क्रममा १२ः४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण