बारामा भोलिदेखि नगरस्तरीय फुटबल प्रतियोगिता हुने
सारांश
- जीतपुर सिमरा उपमहानगरले भोलिबाट नगरस्तरीय फुटबल प्रतियोगिता सुरु गर्दैछ ।
- प्रतियोगितामा आधारभूत र माध्यमिक तहका विद्यार्थीहरू प्रतिस्पर्धा गर्नेछन् ।
बारा । जीतपुर सिमरा उपमहानगरले भोलिदेखि नगरस्तरीय फुटबल प्रतियोगिता सुरु गर्ने भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत उपमहानगरले पहिलोपटक यो प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगितामा आधारभूत र माध्यमिक तहका विद्यार्थीहरु सहभागी हुनेछन् । जसमा माध्यमिक तहमा ६ वटा छात्राहरूको समूह र १२ वटा छात्रहरूको समूह रहनेछ ।
त्यसैगरी आधारभूत तहमा भने ४ वटा छात्राहरूको र १० वटा छात्रहरूको समूह सहभागी हुने जनाइएको छ । उपमहानगरभित्र संस्थागततर्फ ५० वटा विद्यालय छन् भने सामुदायिकतर्फ ६१ वटा विद्यालय छन् ।
सो प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी नेपाल राष्ट्रिय आधारभूत विद्यालय नितनपुरले पाएको छ । सो विद्यालयका प्रधानाध्यापक जयप्रकाश रायले गर्मी धेरै बढेकोले बिहान र साँझ मात्रै खेलकुद कार्यक्रम राखिएको बताएका छन् । उनले खेलाडीहरूको लागि ५ लाखको दुर्घटना बिमा गरिएको बताए । भोलिदेखि सुरु हुने प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ ।
सो प्रतियोगितामा प्रथम हुने समूहले १० हजार र द्धितिय हुने समूहलाई ७ हजार ५ सय नगद रकम प्रदान गरिनेछ । विद्यालयका प्रअ रायले बजेट थोरै भएकाले प्रथम र द्धितिय हुने समूहलाई पुरस्कार रकम थोरै भएको टिप्पणी गरेका छन् ।
यता जीतपुर सिमरा उपमहानगर शिक्षा शाखाले भने कम बजेटबाट पनि उपलब्धिमूलक कार्यक्रम गर्न सकिन्छ भन्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता राखेको जनाएको छ । सो कार्यक्रमका लागि उपमहानगरले ५ लाख बजेट विनियोजन गरेको छ । मङ्सिर मै सम्पन्न गर्नुपर्ने सो प्रतियोगिता फिल्ड व्यवस्थापन र शिक्षकहरूको आन्दोलनका कारण ढिलो भएको उपमहानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण