तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
_W7R21xQGa1.jpg)
काठमाडौँ । प्रायःजसो जाम भइरहने नागढुंगा–नौबिसे सडकको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ । काठमाडौँबाट बाहिरिने वा काठमाडौँ भित्रिने सवारीसाधनले जाम छल्न यो सडक रोज्न थालेका छन् ।
नागढुंगा-नौबिसे सडकमा खाल्डाखुल्डी छन् । त्यसमाथि यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा-धार्के सडक प्रयोग गर्न थालेका थिए। अहिले भने यात्रुवाहक माइक्रो बसलगायत सवारीसाधन पनि यो सडक खण्ड भएर चल्न थालेका छन्। यो सडकको दूरी २४ किलोमिटर रहेको छ । करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ ।
यो बाटोमा चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ । स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा उनीहरूलाई आम्दानीको स्रोत भएको छ । सडक छेउमै स्थानीय उत्पादन किन्न पाइन्छ । तरकारी बेच्न काठमाडौँ नै पुग्नुपर्ने स्थानीयवासीको बाध्यता अन्त्य भएको छ ।
यो सडकबाट देखिने मनमोहक तरकारी फाँट र इँटा भट्टाले पनि यात्रुलाई लोभ्याउने गरेको छ । मोटरसाइकलमा यात्रा गर्ने प्रायजसो यसको मजा लिइरहेका देख्न सकिन्छ ।
धार्के–सीतापाइला सडक हालै बनेको भने होइन । नागढुंगा-नौबिसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाट नै यसको निर्माण सुरु गरिएको थियो । अहिले पनि पूर्ण रूपमा निर्माण सकिएको छैन । केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असई कुन्जाङ छोपेल शेर्पाद्वारा सगरमाथाको सफल आरोहण
-
चितवनमा गैँडाको खागसहित दुई जना पक्राउ
-
मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने
-
विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरू रुष्ट
-
मनिषाको घातक बलिङ, नेपालसामु १ सय १५ रनको लक्ष्य
-
बिन्दास हैदराबादसँग भिड्दै जित्नैपर्ने दबाबमा रहेको लखनउ