अछाम र दाङमा जबरजस्ती करणीको घटना : २ जना पक्राउ

समाचार सारांश
- अछाममा २० वर्षीया महिलालाई करणी गरेको आरोपमा २६ वर्षीय डबल बहादुर थापा पक्राउ परेका छन्।
- दाङमा ७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ७५ वर्षीय गिरीराज बुढाथोकी पक्राउ परेका छन्।
- प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौं । अछाम र दाङमा भएका दुई छुट्टाछुट्टै जबरजस्ती करणीको घटनामा २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछामको चौरपाटी गाउँपालिका-१ बस्ने २६ वर्षीय डबल बहादुर थापा शनिबार बेलुकी प्रहरीले पक्राउ परेका छन् ।
थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टा बस्ने ७५ वर्षीय गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५४३ नेपाली केयरगिभर इजरायल उडे
-
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो
-
सङ्गठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीन महिने अभियान सुरु
-
फिल्म ‘एक्लो’ ले सार्वजनिक गर्यो सुनिल र एवनको क्यारेक्टर लुक्स
-
हमासका नेता मोहमद सिनावरको शव पहिचान
-
सहकारीको आम्दानी देखाउन नक्कली विवरण प्रविष्ट