विद्यालय शिक्षा विधेयक
निजी विद्यालय र प्रारम्भिक बाल विकासको विषय टुङ्गिन सकेन
आइतबार, ०४ जेठ २०८२, १६ : २३
सारांश
- विद्यालय शिक्षा विधेयकमा दुई विषयमा सहमति जुट्न सकेन।
- निजी विद्यालयलाई गुठीमा लैजाने र प्रारम्भिक बाल विकासको विषयमा उपसमितिको टुङ्गो लाग्न नसकेकाे हाे ।
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा दुई वटा विषय थाति राखिएको छ। संसद्को शिक्षा समिति अन्तर्गत उपसमितिले दुई वटा विषयमा कुनै टुङ्गो लगाउन नसकेको हो। निजी विद्यालयलाई गुठीमा लैजाने विषय र प्रारम्भिक बाल विकासको विषय टुङ्गो लाग्न नसकेपछि उपसमितिले समितिमै फिर्ता पठाएको हो। ती बाहेक अन्य विषयमा सहमति जुटाएर प्रतिवेदन शिक्षा समितिमा बुझाएको हो।
उपसमितिमा निजी विद्यालयलाई १५ वर्षमा शैक्षिक गुठीमा लैजानुपर्ने धारणा थियो । तर, सरकारको तर्फबाट गुठीका लैजाने विषयमा समय सीमा तोक्न नहुने धारणा राखेको थियो। जसले गर्दा उपसमितिमा सहमति जुट्न जुट्न सकेन।
त्यस्तै प्रारम्भिक बाल विकासको विषयमा समेत सहमति जुट्न नसकेको हो। बाल विकास २ वर्षे बनाउने कि कति समय तोक्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि समितिमै फर्काइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण