आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विद्यालय शिक्षा विधेयक

निजी विद्यालय र प्रारम्भिक बाल विकासको विषय टुङ्गिन सकेन

आइतबार, ०४ जेठ २०८२, १६ : २३
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • विद्यालय शिक्षा विधेयकमा दुई विषयमा सहमति जुट्न सकेन।
  • निजी विद्यालयलाई गुठीमा लैजाने र प्रारम्भिक बाल विकासको विषयमा उपसमितिको टुङ्गो लाग्न नसकेकाे हाे ।

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा दुई वटा विषय थाति राखिएको छ। संसद्को शिक्षा समिति अन्तर्गत उपसमितिले दुई वटा विषयमा कुनै टुङ्गो लगाउन नसकेको हो। निजी विद्यालयलाई गुठीमा लैजाने विषय र प्रारम्भिक बाल विकासको विषय टुङ्गो लाग्न नसकेपछि उपसमितिले समितिमै फिर्ता पठाएको हो। ती बाहेक अन्य विषयमा सहमति जुटाएर प्रतिवेदन शिक्षा समितिमा बुझाएको हो। 

उपसमितिमा निजी विद्यालयलाई १५ वर्षमा शैक्षिक गुठीमा लैजानुपर्ने धारणा थियो । तर, सरकारको तर्फबाट गुठीका लैजाने विषयमा समय सीमा तोक्न नहुने धारणा राखेको थियो। जसले गर्दा उपसमितिमा सहमति जुट्न जुट्न सकेन। 

त्यस्तै प्रारम्भिक बाल विकासको विषयमा समेत सहमति जुट्न नसकेको हो। बाल विकास २ वर्षे बनाउने कि कति समय तोक्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि समितिमै फर्काइएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप