चितवनमा गैँडाको खागसहित दुई जना पक्राउ
सोमबार, ०५ जेठ २०८२, १० : ३४

समाचार सारांश
- चितवन राष्ट्रिय निकुञ्जको टोलीले गैँडाको खाग जस्तो देखिने आखेटोपहारसहित दुई जनालाई नियन्त्रणमा लियो।
- विशेष सूचनाको आधारमा भरतपुर महानगरपालिका क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
- पक्राउ परेका व्यक्तिहरूमाथि कानुनी प्रक्रिया सुरु भइसकेको छ र अनुसन्धान भइरहेको छ।
चितवन । संरक्षित वन्यजन्तु एक सिङ्गे गैँडाको खाग जस्तो देखिने आखेटोपहारसहित दुई जना पुरुषलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त पक्राउ गरेको हो। कार्यालयले प्राप्त गरेको सूचनाका अनुसार गैँडाको खाग ओसारपसार भइरहेको आशंकामा निगरानी बढाइएको थियो।
टोलीले जेठ ४ गते आइतबार दिउँसो करिब ३ बजे भरतपुर महानगरपालिका–९, बिसहजारी रोड क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट गैँडाको खाग जस्तो देखिने सामग्री बरामद गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार उनीहरूविरुद्ध हाल कानुनी प्रक्रिया अनुसार अनुसन्धान प्रारम्भ भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा प्लाष्टिक फोहोर संकलन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
-
शिलान्यासमै सीमित भए गण्डकीका अस्पताल
-
५३ लाख लागतमा बन्यो विद्यालयको पक्की भवन
-
बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी सुरु
-
पालिकाले अस्पताल चलाएनन् भन्ने होइन, अब संघले नै चलाउनुपर्छ
-
बुटवलको कान्ति मावि विज्ञान विषयमा विशिष्टीकृत विद्यालय, प्रवर्द्धनात्मक कार्यक्रम तीव्र गतिमा