हुम्ला पहिराे
हुम्ला अपडेट : जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारियो, सशस्त्र प्रहरी परिचालन
सोमबार, ०५ जेठ २०८२, १३ : ५१

समाचार सारांश
- हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा सुक्खा पहिरो गएपछि १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
- सशस्त्र प्रहरीका अनुसार पहिरोले स्थानीय बासिन्दाको घरमा क्षति पुर्याएको छ र उद्धार सामग्रीसहित प्रहरी टोली परिचालन गरिएको छ।
- पहिरोको कारण र माथिल्लो भागमा हिमतालको आशंकाबारे अनुसन्धान भइरहेको छ।
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिममा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको घरमा क्षति पुर्याएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
आवश्यक विपद् उद्धार सामाग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सशस्त्र प्रहरी टोली उक्त स्थानमा परिचालित भएको उनको भनाइ छ ।
पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानीको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमताल रहेको आशङ्का गरिएको छ ।
आशङ्का गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
जाजरकोटमा खुकुरी प्रहार गरेर भागेका दुई जना काठमाडौँबाट पक्राउ
-
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो फार्मेसी
-
‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’
-
१३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिप मंगलबारदेखि
-
राष्ट्रिय सुरक्षागार्ड तैनाथ गरेपछि लस एञ्जलसमा प्रदर्शन चर्कियो, गाडीहरूमा आगजनी