रातोपाटी समाचार प्रभावः मनोज बचाउ अभियानको दुई दुई सातामा ५ लाख संकलन
गुल्मी । दुवै मृगौला फेल भई रातोपाटीमार्फत सवैसँग सहयोगको अपिल गरेका रेसुङ्गा नगरपालिका–२, वाँझी पोखराका मनोज बिकका लागि दुई हप्तामै झण्डै ५ लाख रकम संकलन भएको छ ।
मनोज बचाउ अभियानका क्रममा स्वदेश र विदेश गरी उक्त रकम संकलन भएको हो ।
अभियानका संयोजक तथा रेसुङ्गा नगरपालिकाका वडाध्यक्ष उदयबहादुर थापाले बिहीबार एक समारोहका विच ३ लाख ६ हजार रुपैयाँ मनोजका आफन्त देवबहादुर बिकलाई हस्तान्तरण गरेका छन् ।
त्यस्तै युएई दुवईमा कार्यरत रुरु–२, ग्वादीका वावुराम गोतामे सुनार , सोही वडा वलेटक्सार घर भई नाईजेरियामा रहेका गोपाल विसी र वलेटक्सार घर भई काठमाडौमा कार्यरत यमबहादुर बिकले सामाजिक संञ्जाल मार्फत विश्वभर छेडेको मनोज बचाउ अभियानले एक हप्ता मै १ लाख ५१ हजार २ सय ७९ रुपैयाँ संकलन गरेको जानकारी दिएका छन् ।
यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष थापा सहित त्यहाँका जनप्रतिनिधीले वडास्तरमा मनोज बचाउ अभियान चलाउँदा ७५ हजार भन्दा बढि रकम उठाउन सफल भएका छन् ।
मनोजकी आमा मैयाँ बिकको दुवै मृगौला फेल भएको उनको भन्दा पहिल्लै हो । आमाको मृगौला फेर्न सकिन्छ कि भनेर २ लाख ऋण काढेर विदेश पुगेका मनोज आफ्नै मृगौला फेल भई गएको १० महिना मै विदेशबाट फर्किनु परेको थियो ।
‘मलाई बचाउन भन्दै विदेश पुगेको छोरा कै मृगौला फेल भई जिवन मरणको दोसाँधमा प¥यो भने अव म बरु मरुँला मेरो छोरा बचाई दिए सवैको जयजय हुने थियो’ उनकी आमा मैयाँको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक हुँदैन: सांसद खरेल
-
आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग
-
श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
-
मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमै
-
अखिल अध्यक्ष धामीसहितका विद्यार्थी नेता रिहा
-
‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण